नियम १६२
महाभियोग सिफारिस समिति
(१) कुनै पदाधिकारी विरुद्व महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा एक महाभियोग सिफारिस समिति रहनेछ ।
(२) महाभियोग सिफारिस समितिमा एघार जना सदस्य रहने छन् ।
(३) महाभियोग सिफारिस समितिको गठन सम्बन्धी प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको परामर्श लिई सभामुखले बैठकमा पेश गर्नेछ ।
(४) महाभियोग सिफारिस समितिका सदस्यले आफुमध्येबाट समितिको सभापति चयन गर्ने छन् ।